दाङ- बसले ठक्कर दिँदा मृत्यु भएका मेघराज पुनका आफन्त र स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ।
दाङको घोराही-१४ मा आज बिहान लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुनको मृत्यु भएको थियो। २९ वर्षीय उनी घोराही-१८ का हुन्।
घटनापछि बसमा तोडफोड गरिएको छ भने शव सडकमै राखेर प्रदर्शन जारी छ। सोही क्रममा प्रहरीले अश्रुग्यासँगै लाठीचार्ज पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।