राजविराज– बारामा तस्करी हुँदै गरेको काठसहित प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
आदर्शकोतवाल गाउँपालिका–५ बाट सिसौको काठा लोड गरिएको ना५त ८९६५ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। ट्याक्टरमा सिमलको ७१ क्युफिट गोलिया काठ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद भएको काठ र ट्याक्टर अस्थाइ इलाका वन कार्यालय कलैयामा बुझाइएको छ।
यसैगरी, निजगढ नगरपालिका–६ स्थित वाइबा टोलमा लुकाएर राखिएको खयरको ४ थान गोलिया काठ इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ।
चोरीपैठारी गरी लुकाइ राखेको काठ नियन्त्रणमा लिई वन कार्यालयमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।