राजविराज– भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएको चाँदीका गरगहना सहित २ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
सिरहा नगरपालिका ८ का ४० वर्षीय रामबाबु साह र २० वर्षीय पंकज साहलाई सिरहा नगरपालिका १७ कालिचोकबाट प्रहरीले पक्राउ गरेको हो।
भारतको जयनगरबाट सिरहातर्फ आउँदै गरेको ना५७प ६५३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भन्सार छली गरेको १ केजी २ सय ५० ग्राम चाँदीका गहना बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडरले जनाएको छ।
मोटरसाइकल र चाँदीका गहनासहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।