राजविराज– नेपालबाट भारत तस्करी हुँदै गरेको मरिच र केराउसहित एकएक थान ट्रक र ट्रयाक्टर सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लहानको टोलीले ३ हजार २ सय ६६ केजी मरिच र २ हजार ६ सय केजी केराउ नियन्त्रणमा लिएको हो। मरिच र केराउ तस्करीमा प्रयोग भएको स१त २८०१ नम्बरको ट्याक्टर र ना४ख ३२० नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ गरिएको सामान र प्रयोग भएका साधन भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।