गाईघाट– उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्याङ्कर र एक स्काभेटर जलेर नष्ट भएका छन्। आगलागीबाट ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ।
आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गर्ने प्रयास गरेपनि ट्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताए।
आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान सुरु गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।