नयाँ दिल्ली- भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ।
'अग्नि–४' नाम दिइएको सो क्षेत्रप्यास्त्र ४ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ।
क्षेप्यास्त्र परीक्षण भने वस्तीबाट २० किलाेमिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन्। 'अग्नि–४' क्षेप्यास्त्रको यो सातौं परीक्षण हो।
आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परिक्षण पूर्णरुपमा सफल भएको जानकारी दिइएको छ।
भारतीय सेनाले क्षेप्यास्त्रको परीक्षण गरेको हो। भारतमा यसअघि अग्नि-१, अग्नि-२, अग्नि-३ र पृथ्वी परीक्षण गरिसकिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।