कैलाली- कैलालीको गोदावरी खोलामा जथाभावी नदीजन्य पदार्थको उत्खनन नियन्त्रण गर्न स्थानीयहरु सक्रिय भएका छन्।
चेतना र वनदेवी महिला सामुदायिक वनको बीचबाट बग्ने गोदावरी खोलामा उत्खन्न गरेको पाइएमा पाँच हजार जरिवाना लिने स्थानियले निर्णय गरेका छन्।
स्थानिय सरकारले जथाभावी उत्खनन नियन्त्रणमा ध्यान नदिएपछि स्थानीयले सो निर्णय गरेको जनाइएको छ।
बैठकमा स्वार कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि भीमबहादुर साउद, सामुदायिक वनका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।