सुरुङ्गा, झापा- झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट गएराति एक बालकको मृत्यु भएको छ।
मे६प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४ निवासी बमबहादुर बुढाथोकीका ७ वर्षीय छोरा विशालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाइकलमा सवार चालक बुद्धशान्ति गाउँपालिका–७ निवासी २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकै श्रीमती २२ वर्षीया पूजा थापा घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।