मुम्बई (एजेन्सी)– तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा वसिम अभिनित फिल्म ‘सीक्रेट सुपरस्टार’ ले व्यापारको मामिलामा पनि लय समातेको छ। पहिलो दिन अनुमानभन्दा कम पैसा कलेक्सन गरेको यो फिल्मले दोस्रो दिन डबल पैसा कलेक्सन गरेको छ।
हिन्दी फिल्मको व्यापारलाई लामो समयदेखि नियालिरहेका तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा भारतमा मात्र १४ करोड १० लाख भारु कमाइ गरेको छ। बिहीबार फिल्मले ४ करोड ८० लाख मात्र व्यापार गरेको थियो। शुक्रबार दोस्रो दिन ९ करोड ३० लाख कलेक्सन भएको आदर्शले आफ्नो ट्विटर अकाउन्टमार्फत जानकारी दिएका छन्।
तिहारको रौनकका कारण पहिलो दिन राम्रो कमाइ हुन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।