नैरोवी- केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते भएका छन्।
प्रधानन्यायाधीश मारागा तथा उनकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १ सय ७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा सडक दुर्घटनामा परेका हुन्।
उनीहरू दुबै जनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
दुबैको अवस्था स्थिर रहेको र टाउकोको चोट भएकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पताल स्रोतलाई उद्धृत गरी केन्याको राष्ट्रिय दैनिकले लेखेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।