Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कैलालीमा वातावरणीय प्रभाव मूल्यांकनबाहिर जथाभावी नदीजन्य पदार्थ उत्खनन

64x64
नेपाल लाइभ शनिबार, पुस ७, २०७५  १७:५२
1140x725

धनगढी- कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी खोलाबाट जथाभावी ढंगले नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खनन गरिएको छ।

गोदावरी खोलाको सीमित क्षेत्रबाट उत्खननका लागि अनुमति पाएको स्वाँर कन्स्ट्रक्सन प्रालिले जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन गरिरहेको हो।

गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको गोदावरी खोलाको महराटोलदेखि गोदावरी चिहानसम्म नदीजन्य पदार्थ उत्खनन गर्न वातावरणीय प्रभाव मूल्यांकन गरी अनुमति दिइएको छ। तर, सम्झौता पाएको कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रबाट पनि उत्खनन गरिरहेको स्थानीयहरुले बताएका छन्।

गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन भएको क्षेत्रभन्दा बाहिरबाट नदीजन्य पदार्थ उत्खनन नगर्न कम्पनीसँग सम्झौता गरेको थियो। कम्पनीले गोदावरी नगरपालिका वडा नम्बर १ मा पर्ने चौकीडाँडा, वनदेवी र चेतना सामुदायिक वनको बीचमा रहेको गोदावरी खोलाबाट पनि नदीजन्य पदार्थ उत्खनन गरिरहेको छ।

स्थानीयका अनुसार त्यस क्षेत्रमा दैनिक १५ देखि २० वटा ट्याक्टरहरुले नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका छन्। 

हामी त्यस क्षेत्रमा पुग्दा ढुङ्गा, बालुवा उत्खन्न गर्न ट्याक्टरहरुको लाइन रहेको थियो। ट्याक्टर चालकहरु भन्छन्, 'हाम्रो मालिकले ठेक्का पाएका छन्। हामीलाई उत्खननबारे खासै केही थाहा छैन।’

सम्झौतामा राजमार्ग र पुलको उत्तर–दक्षिण पाँच सय मिटरभित्र नदीजन्य पदार्थ संकलन गर्न नपाउने उल्लेख छ। तर, हामी जाँदा राजमार्ग र पुलको छेउमा ट्याक्टरहरु बालुवा संकलन गरिरहेका थिए। 

यस्तै जिल्ला समन्वय समिति कैलालीले गोदावरी खोलामा नदीजन्य पदार्थ उत्खन्न गर्न अनुमति दिएपछि त्यस क्षेत्रका स्थानीयले विरोध गरेका छन्। नदीमा एक्स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् तीव्र पारिएपछि उनीहरु चिन्तित बनेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

गोदावरी नगरपालिका वडा नम्बर २ का स्थानीय खेमराज जोशीले भने, ‘विगतमा नदीका कारणले बाढीको मार खेप्नुपरेको थियो। त्यसपछि बाढी नियन्त्रणका लागि नगरपालिकाबाटै अहिले उत्खनन भइरहेको स्थानतिर तटबन्धन गरिएको थियो।’ उनले अहिले जथाभावी उत्खनन हुन लागेपछि बस्ती नै बाढीले सखाप पार्न सक्ने चिन्ता व्यक्त गर्दै भने यसलाई नियन्त्रण नगर्ने हो भने यहाका अधिकांश बस्ती जोखिममा पर्ने बताए।

उनका अनुसार पहिले वातावरणीय प्रभाव मूल्यांकन नहुँदा कहिलेकाहीँ स्थानीयहरुले समुदायको बाटो बनाउन त्यस खोलामा ट्याक्टर लगेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका थिए। उनले भने, ‘यसरी एक्सकाभेटर नै हालेर नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य कहिले भएन।’

उनले नगर प्रमुखले दम्भको आधारमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न दिएको आरोप लगाए। 

स्थानीय हरि भट्टराईले पनि ठेकेदारले जहाँ पायो त्यहीँ ठूलोठूलो खाडल बनाउने काम गरिरहेको बताए। 

तेघरी, गोदावरी सामुदायिक र राष्ट्रिय वनमा पर्ने गोदावरी नदीमा उत्खनन क्षेत्र तोकिएको छ। यही वन क्षेत्रमा प्रदेशसभाले प्रदेशको राजधानी तोकेको छ। यसरी जथाभावी उत्खनन भएमा भोली राजधानीको संरचना बनाउन समस्या देखिने स्थानीयहरु बताउँछन्। 

गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटका अनुसार स्वाँर कन्स्ट्रक्सनसंग एक करोड २० लाखमा सो क्षेत्रमा उत्खनन सम्झौता भएको हो। कन्स्ट्रक्सनले त्यस क्षेत्रमा उत्खननबाट प्रति ट्याटरबाट प्रति घनमिटर ८५ रुपैयाँ संकलन गर्ने गरेको छ। सूचना अधिकारी भाटले भने, ‘यदि सम्झौताविपरीत कुनै काम भएको भए कारबाही गरिनेछ।’

स्वाँर कन्स्ट्रक्सनका ठेकेदार लक्ष्मण स्वाँरले भने सम्झौताविपरीत खोलामा अन्यत्रबाट उत्खनन नगरेको दाबी गरेका छन्। उनले ट्याक्टर तथा टिप्परलाई पनि वातावरणीय प्रभाव मूल्यांकन भएका क्षेत्रभन्दा बाहिर गएर ढुङ्गा, बालुवा, गिट्टी संकलन नगर्न आग्रह गरिएको बताए।

सामुदायिक वनले एक ट्याक्टरबाट एक सय रुपैयाँ लिएर नदीबाट बालुवा संकलन गर्न लगाउने गरेको उनको भनाइ छ। उनले फाटफुट रुपमा आफ्ना कुनै ट्याक्टरले सो कार्य गरेको हुन सकेको र त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। 

यस्तै, गोदावरी नगरपालिकाले गोदावरी नदीसँगै खुटिया र खैराना नदीमा पनि नदीजन्य पदार्थ उत्खननका लागि सम्झौता गरेको छ।

दाहाल मल्टी ट्रेड प्रालिले खुटिया नदीमा ८ करोड ७९ लाख र खैराना नदीमा एक करोड ९१ लाख रुपैयाँमा सम्झौता गरेको छ। यो सम्झौता यस आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म रहेको गोदावरी नगरपालिकाले जनाएको छ। 

स्थानीयका अनुसार ठेकेदारले सम्झौता गरेभन्दा विपरीत नदीजन्य पदार्थहरु संकलन गरिरहेको आरोप लगाए। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्