वासिङ्टन- विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ।
ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो।
नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन्।
ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।