काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरले सामुदाय-प्रहरी साझेदारी सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
ललितपुर महानगरपालिका अन्तरर्गतका सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापकका अभिमुखीकरण कार्यक्रम' लिटिल एन्जल्स स्कुल हात्तिवन ललितपुरमा संचालन भएको थियो।
कार्यक्रममा वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर सहजीकरण गरेका थिए।
शिक्षा विकास तथा समन्वय ईकाई ललितपुर प्रमुख, प्याव्सन, एनप्याव्सनका अध्यक्ष/प्रतिनिधि एवं विभिन्न विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।