complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘रंगमञ्चकी रानी’ सरिता भन्छिन्: बिहेको लागि तयार छु

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ५, २०७४  ०६:२४
1140x725

जिन्दगी कहाँ आएर मोडिन्छ, कसैलाई थाहा हुँदैन । अभिनेत्री सरिता गिरीलाई पनि थाहा थिएन । एसएलसी सकिँदा मार्सल आर्टकी ब्ल्याकबेल्टधारी उनी चार्टर एकाउन्टेन्ट (सिए) बन्न चाहन्थिन् । तर, घरछेउ बस्ने रंगकर्मी एवं अभिनेता वीरेन्द्र हमालले उनलाई नयाँ बाटो देखाए, जुन उनको जिन्दगीको हाइवे बन्न पुग्यो।

‘सानोमा म अलि ह्याङ्कीप्याङ्की थिएँ, छोरा जस्तै । लड्न–भिड्न पछि नहट्ने । कसैले निहुँ खोज्यो कि झ्याम्म हानिहाल्ने । त्यही भएर बुवाले मार्सल आर्टमा हालिदिनुभयो’, उनी सम्झिन्छिन्। 

बुवाको उनलाई बाल कलाकार बनाउने ठूलो रहर थियो । त्यसैले उनी सरिताको शरीर केटा जस्तै नभई केटी जस्तै ‘फ्लेक्जिबल’ होस् भन्ने कुरामा पनि सचेत थिए । एसएलसी भर्खर सकिएको थियो । रिजल्ट आउन ३ महिना बाँकी नै थियो । एकदिन बुवाले भनेछन्, ‘ल ठीक छ, थिएटर सिक्नू।’ 

यसपछि सरिता वीरेन्द्र हमालको थिएटरमा पुगिन्। 

यसपछि सरिताको जिन्दगीले अंकगणितको जोडघटाउ बिर्सियो । थिएटर छिरेकै दिन हमालले सरिताको हातमा विजय मल्लद्वारा लिखित ‘पत्थरको कथा’ भन्ने नाटक राखेर भनेछन्, ‘ल यो पढ।’ 

उनले नाटकको प्रमुख भूमिकामा अभिनय गर्ने मौका पाइन् । नाटकको पहिलो मञ्चन पोखराको नाटक प्रतियोगितामा भयो । त्यहाँ उनको भूमिकाको निकै तारिफ भयो। 

‘अशेष सरदेखि हरिहर शर्मा, सुनील पोखरेल प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो । सबैले मेरो अभिनय रुचाउनुभयो । मैले अवार्ड नै जितेँ’, पुरानो त्यो क्षण सम्झिँदा अहिले पनि रोमाञ्चित हुने सरिता भन्छिन्, ‘पाँच सयभन्दा बढी दर्शक रहेको हलमा नाटकपछि पाएको तालीले अभिनयप्रति मेरो महत्वाकांक्षा ह्वात्तै बढायो।’

Ncell 2
Ncell 2
nimb
nimb

सायद सरिता अभिनयमा प्रवेश नगरेको भए उनी मार्सल आर्टको राम्रो खेलाडी भएर कुनै डोजाङमा फाइट सिकाइरहेकी हुने थिइन् । वा उनी सिए बनेर अंकगणितको गुणा–भागामा व्यस्त हुने थिइन्। 

उनले सिए बन्न प्लस टु पनि म्यानेजमेन्टमै गरेकी थिइन् । तर, गुरूकुल प्रवेशसँगै उनले म्यानेजमेन्टको पढाइ बीचैमा रोकिन् । अनेक किताब पढ्ने बानी भएपछि आर्ट्स विषयमा भर्ना भइन्। 

यसरी सुरू भएको उनको अभिनय यात्राले समय क्रममा उनलाई ‘रंगमञ्चकी रानी’ को उपमा दिलायो। 

***

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरिता नाटकमा सर्वाधिक एकल प्रस्तुति दिने अभिनेत्रीमध्ये पर्छिन् । उनले हालसम्म ४ वटा एकल नाटकमा अभिनय गरिसकेकी छिन् । वीरेन्द्र हमालसँग काम गरेर गुरूकुल प्रवेश गर्दा सरितामा नाटकको विषयमा निकै उत्सुकता थियो। 

सरिताको लागि सबैभन्दा अविस्मरणीय क्षण त्यति बेला बनेको थियो, जतिबेला उनले गुरूकुलमा ओपनिङ गर्दा 'अग्निको कथा' नाटक गरेकी थिइन् । संयोगले गुरुकुल बन्द हुँदा पनि त्यही नाटक गर्न पुगिन्।

‘राम्ररी नाटक पढ्ने ठाउँ पाइएकाले होला, मनमा बढी नै उत्साह थियो’, उनले गुरूकुल छिर्दा मनमा खेलेका कुरा सम्झँदै भनिन्– ‘गुरूकुल छोड्दाको पीडा पनि उस्तै भयो।’ 

गुरूकुलबाट निस्कँदा उनलाई पहिले लाग्थ्यो, घाटा मात्रै भयो । तर, अहिले सम्झिँदा उनलाई लाग्छ, त्यो बेला गुरुकुलमा रहेका दुई ब्याच कलाकारहरु चौतर्फी छरिएका छन्। 

सरिताका लागि नाटक गर्ने पूर्ण प्लेटफर्म गुमाउनु सबैभन्दा ठूलो घाटा थियो । उनले घाटाको हिसाब यसरी लगाइन्, ‘नाटक रगतमै थियो । गर्न नपाउँदा बेफाइदा भयो । अहिले ६ महिनामा एउटा नाटक गरिरहेको छु । समय खेर गइरहेको छ । मनभित्र उथलपुथल हुन्छ।’

फरक भूमिकालाई न्याय दिनु सबै कलाकारको महत्वपूर्ण काम हो । सरिताले पनि थुप्रै भूमिकामा अभिनय गर्ने क्रममा चुनौती बोकिन् । तर, त्यसलाई पूर्ण न्याय पनि दिइन् । अब उनलाई यस्तो भूमिका पाए गर्छु भन्ने लोभ छैन । उनलाई आफूले गरेको सबै भूमिका मन पर्छ । यति हुँदाहुँदै पनि केही भूमिका उनको नजिक छन्।

‘मलाई आफूले गरेका सबै भूमिका प्रिय नै लाग्छ । मिस मार्गरिटा, स्वास्नीमान्छे, कुमारी, बोक्सीको घर, ताराबाजी लै लै, अग्निको कथा’, आफूलाई मनपरेको नाटकको फेहरिस्त बताउँदै उनले भनिन्, ‘मिस मार्गरिटा सबैभन्दा प्रिय छ, तर ‘अग्निको कथा’ सँग मेरो भावना जोडिएको छ।’

उनको लागि सबैभन्दा अविस्मरणीय क्षण त्यति बेला बनेको थियो, जतिबेला उनले गुरूकुलमा ओपनिङ गर्दा त्यो नाटक गरेकी थिइन् । संयोगले गुरुकुल बन्द हुँदा पनि त्यही नाटक गर्न पुगिन् । नाटकमा किताब, पुस्तकालय, विश्वविद्यालय जलेका कथा थिए । त्यतिखेर सांकेतिक रूपमा नाटकमा जस्तै गुरूकुल भत्किरहेको थियो । त्यो पनि कुनै आगलागीभन्दा कम थिएन उनका लागि। 

रंगमञ्चमा उनी आफ्नी गुरूआमा निशा शर्मा, समकालीन साथी सिर्जना सुब्बा तथा नयाँ पुस्ताका आकांक्षा कार्की, सिर्जना सुब्बा, पशुपति राई, सिर्जना अधिकारीकी प्रशंसक हुन्।

***

सँगैका साथीले थुप्रै नाटक निर्देशन पनि गरिसके पनि उनमा नाटक निर्देशनको मोह अहिलेसम्म पलाएको छैन । मोह नहुनुको रहस्य यसरी सुनाउँछिन्, ‘ममा निर्देशनको क्षमता छैन । त्यसैले निर्देशनमा हात नहालेकी हुँ । म एक्टर भएकाले एक्टिङमै रमाउँछु । नाटक निर्देशन गरे भने अबको ८–१० वर्षमा गरूँला।’

जीवनमा विशेष साथीको महत्व पछिल्लो समयमा उनले महसुस गरिसकेकी छन्- ‘एकाङ्गी जीवन जिउँदाजिउँदै बोर भइसकेँ । त्यसैले विवाह जरुरी छ।'

सरितालाई निर्देशनभन्दा पनि भेषभूषाको काममा विशेष रूचि छ । त्यसमा उनको विशेष दख्खल पनि छ। 

गुरू सुनील पोखरेलका नाटक हुँदा उनी सधैं पहिलो रोजाइमा पर्छिन्। नाटक हेर्दा कस्तो पहिरन लगाए, ठीक लगाए की बेठीक भन्नेमा पहिलो ध्यान केन्द्रित हुन्छ । भेषभूषा बिग्रेको नाटक छ भने आफूलाई दिक्क लाग्ने बताउँछिन्। 

‘१८–१९ वर्षदेखि यसैमा काम गरेको भएर होला, मेरो पहिलो ध्यान नाटकमा लगाइएका भेषभूषामा गइहाल्छ । त्यो विषय नै पढेको र यस सम्बन्धी ज्ञान भएर होला नचाहँदा नचाँहँदै गइहाल्छ’, उनी भन्छिन्। 

उनी थिएटरमा निशा पोखरेलपछि आफूले पहिचान बनाएको बताउँछिन् । ‘यति धेरै वर्ष भइसकेछ थिएटर गरेको । केही नभएको भए यति धेरै ताली र माया पाइन्न थियो होला’, उनी भन्छिन् । उनको करिअरग्राफ हेर्दा यी कुरामा दुईमत देखिन्न । 

दशैंमा गुरू सुनील पोखरेलसँग टीका थाप्दा उनले छिटै बिहे होस् भनेर आशीवार्द पाइन् । यस विषयमा सरिता भन्छिन्, ‘एकाङ्गी जीवन जिउँदाजिउँदै बोर भइसकेँ । त्यसैले विवाह जरुरी छ । म विवाहको लागि तयार छु । सायद त्यो दिन छिटै आउँछ होला।’

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  ०६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्