काठमाडौं– गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) आज जेलमुक्त भएका छन्। गोरखापत्रमा मनाङेको नाममा सूचना ननिस्कँदा उनी जेलमुक्त भएका हुन्।
पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। मनाङे समूहले २०६१ सालमा गुण्डा नाइके मिलन गुरूङ ‘चक्रे’लाई खुकुरी हानेका थिए। सोही विषयमा मनाङेविरूद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो। सोही घटनाका आरोपित अर्का गुण्डा नाइके गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो।
कुटपिटभन्दा पनि ज्यान मार्ने नै उद्योग भन्दै सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा पुनः मुद्दा दर्ता गरेको थियो। पाटन अदालतले २०६९ मा ज्यान मुद्दा ठहर गरेको थियो। अरूले भने सफाइ पाएका थिए। पुनः सरकारी वकिलको कार्यालयले मनाङेसहित अन्य आरोपितलाई पनि सजाय हुनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो।
२०७१ मंसिर १६ गते गोरखापत्रको पृष्ठ १० मा उनीवरुद्धकोे सूचना प्रकाशित भएको थियो। उक्त सूचना प्रकाशित भएको मितिले नियम ५६ अनुसार अर्को सूचना प्रकाशित हुनुपर्नेमा नभएपछि उनी जेलमुक्त भएका हुन्।
उनी २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भएका हुन्।
यस्तो छ सर्वोच्चको आदेश-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।