• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अपराधकर्मदेखि राजनीतिसम्म, यस्तो थियो मनाङेको विगत

64x64
नेपाल लाइभ शुक्रबार, पुस ६, २०७५  १४:३३
1140x725

काठमाडौं- सर्वोच्च अदालतको आदेश अनुसार गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) आज जेलबाट रिहा भएका छन्। सर्वोच्चले आदेशपछि उनलाई जेलमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं मुद्दाफाँटका डिएसपी मोहन थापाले जानकारी दिए। 

डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो। 

१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन्।

मनाङ ‘ख’ प्रदेशसभाका स्वतन्त्र सदस्य मनाङेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चका न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र दीपकराज जोशीको संयुक्त इजलासले सदर गर्दै जेल सजाय सुनाएको थियो। 

पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। मनाङे समूहले २०६१ सालमा गुण्डा नाइके मिलन गुरूङ ‘चक्रे’लाई खुकुरी हानेका थिए। सोही विषयमा मनाङेविरूद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। 

जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो। सोही घटनाका आरोपित अर्का गुण्डा नाइके गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो।

कुटपिटभन्दा पनि ज्यान मार्ने नै उद्योग भन्दै सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा पुनः मुद्दा दर्ता गरेको थियो। पाटन अदालतले २०६९ मा ज्यान मुद्दा ठहर गरेको थियो। अरूले भने सफाइ पाएका थिए। पुनः सरकारी वकिलको कार्यालयले मनाङेसहित अन्य आरोपितलाई पनि सजाय हुनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो।

यस्तो छ मनाङेको विगत
प्रहरीले तयार पारेको गुण्डा लिस्टको ‘ए’ ग्रेडको पहिलो नम्बरमा थिए राजीव गुरूङ उर्फ दीपक मनाङे। उनी पहिल्यैदेखि प्रहरीको उच्च निगरानीमा थिए।

nimb
nimb
Ncell 2
Ncell 2

स्थानीय चुनावसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आबद्ध मनाङेले युवालाई समेटेर चुनावमा आपराधिक घटना घटाउन सक्ने भन्दै प्रहरीले उनीमाथि निगरानी सुरू गरेको थियो। 

राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको राप्रपा जिल्ला अध्यक्षमा चुनिएका थिए। उनै मनाङेलाई स्थानीय चुनावमा सुरक्षा थ्रेट भन्दै काठमाडौं प्रहरी ५ दिन थुमानमा राखेको थियो। 

तर मनाङेले प्रहरीलाई मात्रै होइन सबैलाई चकित पार्दै प्रदेशसभा चुनावमा उम्मेदवारी मात्रै दिएनन् जितेरै छाडे।

चुनाव जित्नुअगाडि मनाङे गुण्डा नाइकेका रूपमा परिचित थिए। काठमाडौंको ठमेलबाट मनाङेको आपराधिक यात्रा सुरू भएको थियो। ठमेलमा मनाङका मानिसले होटल व्यावसाय सुरू गरेसँगै उनको आपराधिक यात्रा सुरू भएको थियो। २०५० सालदेखि नै मनाङले विभिन्न अपवाह फैलाउँदै हप्ता असुली गर्न थालेको जानकार प्रहरी अधिकारी बताउँछन्।

ठमेलमा रवाफ देखाउँदै हप्ता असुली गर्ने मनाङेका दुस्मनीका रूपमा अर्का गुण्डा नाइके चक्रे मिलन देखापरे। व्यवसायीबाट हप्ता उठाउन थालेका मनाङे पटकपटक पक्राउ पर्न थाले। पक्राउ पर्नु र छुट्नु मनाङेका लागि सामान्य जस्तै भएको थियो। १५ करोड रूपैयाँ बराबरको अकूत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो। पछि उनले सफाइ पाए।

धम्क्याउँदै पैसा असुल्दै आएका मनाङेको आपराधिक यात्राको बाधक बने केही समय अर्का गुण्डा नाइके चक्रे मिलन। गुण्डा नाइके चक्रे बाधक बनेपछि मनाङले चक्रेलाई खुकुरी प्रहार गरेर घाइते बनाए। सोही आरोपमा मनाङे २०६० साल पुस ११ गते पक्राउ परेका थिए। सोही आरोपमा जेल बसेर छुटेका मनाङे ०६५ साल फागुन र ०७० फागुनमा पुनः पक्राउ परे। २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङे १ वर्ष ६ महिना जेल बसेर छुटेका थिए।

यसरी लामो समयको गुण्डागर्दीबाट अकूत सम्पत्ति कमाएपछि मनाङे आफैंले ठेक्कापट्टा गर्न थाले। उनले होटल, रेस्टुरेन्ट र डान्सबार खोलेर कालो धनलाई सेतो बनाउन लगानी गरेको प्रहरी अधिकारीले बताउँदै आएका थिए। पछि उनले बिस्तारै राजनीतिमा आफ्नो पहुँच बनाउन थाले। र, अपराध लुकाउने माध्यम राजनीति देखेका मनाङे राजनीतिमा लागे। मनाङे २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरे।

राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण भएपछि मनाङे मनाङको जिल्ला अध्यक्ष भए। तर उनी २०७४ असोजमा एमालेमा प्रवेश गरे। सुरूमा एमालेबाट प्रदेश सांसदमा सिफारिसमा परेका मनाङले पछि टिकट पाएनन्। उनले स्वतन्त्र उम्मेदवारी दिए। मनाङको प्रदेश 'ख' बाट १ हजार ४ सय १० मतका साथ उनी विजयी भए। उनका प्रतिस्पर्धी कर्म गुरूङले १ हजार २० मत ल्याएका थिए।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय गएको माघमा सदर गरेपछि उनले सांसदको सपथ लिन भने पाएनन्।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु
कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो शनिबार, वैशाख २६, २०८३
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्