काठमाडौं- सर्वोच्च अदालतको आदेश अनुसार गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) रिहा भएका छन्।
डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो। उनी प्रदेश ४ का प्रदेशसभा सदस्यमा विजयीसमेत हुन्।
उनी २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भएका हुन्।
मनाङे समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार प्रहार गरेको थियो। सोही अभियोगमा मनाङेमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यानमुद्दा नभई कुटपिट ठहर २ वर्ष जेल सजाय सुनाएको थियो।
गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनले सांसदको सपथ लिन पाएका थिएनन्।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।