काठमाडौं– मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’लाई फकाउने सरकारको लगातार तीन दिनको प्रयास बुधबार पनि असफल भएको छ।
खानेपानी मन्त्रालयमा ठेकेदार र मन्त्रालयका पदाधिकारीबीच बुधबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। मन्त्रालय स्रोतका अनुसार सरकारले ठेकेदारलाई तिर्नुपर्ने ३६ करोड रुपैयाँ किस्ताबन्दीमा दिने प्रस्ताव गरेको थियो।
‘सिएमसी’ले भने आफूलाई नगद प्रवाहमा समस्या परेको भन्दै एकैपटक तिर्नुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्ता बिहीबार पनि बस्नेछ।
ठेकेदारले गरेको दाबी रकम एक अर्ब ६१ करोडमध्ये दुवै पक्षका प्रतिनिधि सम्मिलित विवाद निरुपण बोर्ड (डिआरबी)ले सरकारले ३६ करोड रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।