बैतडी – पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीतिक दलका तर्फबाट उम्मेदवारको टुंगो लागेको छ।
प्रदेश सभाका लागि एमाले र माओवादी केन्द्रका तर्फबाट एक एक जना तथा प्रतिनिधि सभाका लागि एमाले उम्मेदवारलाई छनोट गरिएको छ।
प्रतिनिधि सभाका लागि एमालेका दामोदर भण्डारीलाई तथा प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ बाट एमालेका लीलाधर भट्टलाई उम्मेदवार छनोट गरिएको नेकपा एमाले बैतडीले जनाएको छ।
यसैगरी, नेपाली काँग्रेसले राप्रपासँग गठबन्धन गरेर उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि काँग्रेसबाट नरबहादुर चन्द तथा प्रदेश सभाका लागि क्षेत्र नं १ बाट काँग्रेसका हरिमोहन भण्डारी र क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दलाई उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस बैतडीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।