क्याम्प नेउ (एजेन्सी)– च्याम्पियन्स लिगअन्तर्गत ओलम्पियाकोस विरुद्ध ३–१ ले विजयी खेलमा लिओनल मेसीले युरोपेली फुटबलमा १ सय गोलको कोशेढुँगा पुरा गरे। उनको कीर्तिमानको चर्चा भइरहेको बेला अर्को घटनाले नयाँ मोड लिएको छ।
ओलम्पियाकोस विरुद्धको खेलमा मेसीले मैदान भित्रै ग्लुकोज ट्याबलेट खाएका थिए। जुन तस्बिर अहिले सोशल मिडियामा भाइरल भइरहेको छ। र, उनीमाथि प्रश्न उठ्न थालेको छ– आखिर उनले खेल दौरान किन ट्याबलेट चपाउनु पर्यो?
ठूलो प्रतियोगितामा खेलाडीहरुले ग्लुकोज ट्याबलेट प्रयोग गर्नु सामान्य कुरा हो। शारीरिक कष्टताका कारण नशाहरुलाई आवश्यक पर्ने ग्लुकोजलाई संग्रहित गर्न पनि ग्लुकोज ट्याबलेटको प्रयोग हुने गरेको छ।
तर, खेल दौरान कति ट्याबलेट प्रयोग गर्ने, यसको निश्चित मापदण्ड भने पहिलै तोकिएको हुन्छ। खेलाडीहरुले पनि चिकित्सकको सल्लाहअनुसार मात्र ट्याबलेट प्रयोग गर्न पाउँछन्।
सामान्यतया अभ्यास गरेको १५ मिनेटको अन्तरालमा ट्याबलेट प्रयोग गर्ने चलन छ। यसैले धेरै जसो खेलाडीले वार्म–अप गरिसकेपछि र अभ्यासभन्दा पहिले यसको प्रयोग गर्ने गरेका छन्।
क्याटलोनिया रेडियोका रिकार्ड टोक्र्युमाडाका अनुसार बार्सिलोनाको मेडिकल टिमले पहिले नै निर्णय गरिसकेको हुन्छ, कसलाई कतिबेला ग्लुकोज ट्याबलेट प्रयोग गर्न दिने भन्ने। त्यसैले मेसीले मन लागेर जतिबेला पनि खाने कुरा सत्य होइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।