रौतहट – मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ।
सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चारदिन अघि एउटा मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गएराति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले उनको घरबाट पक्राउ गरेको थियो।
पक्राउ लगतै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका साथै ईप्रका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुुरमाथि हातपातसमेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए। यस क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो।
झडपमा संलग्न देवाही गोनाही नगरपालिका–३ का राकेश साह, गरुडा नगरपालिका–४ का दिनेस साह, कलवार–५ का बिगनेस साह र माधव नारायण नगरपालिका–७ का रामप्रवेस मुुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साह माथि चोरी मुुद्दा तथा झडपमा संलग्न माथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।