• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आन्तरिक राजस्व र ठूला करदाताको निगरानीमा

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  १३:५३
1140x725

काठमाडौं– व्यवसायी चन्द्र ढकालले अगुवाइ गर्ने आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्या बताउँदै कर तिर्दै आएको विषयमा अनुसन्धान सुरु भएको छ।

डिस होमले ग्राहक संख्या लुकाएर मासिक कम्तीमा ४ करोड रुपैयाँ कर छली गर्दै आएको विषय उजागर भएसँगै आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले अनुसन्धान सुरु गरेका हुन्। 

डिस होमले गर्दै आएको कारोबारको विषयमा अनुसन्धान सुरु भइसकेको ठूला करदाता कार्यालयका एक कर प्रशासकले नेपाल लाइभलाई बताए। ‘डिस मिडिया नेटर्वकलाई कार्यालयले निगरानीमा राखेर अनुसन्धान थालेको छ,' उनले भने, ‘अनुसन्धानका लागि एक विशेष टोलीसमेत गठन भइसकेको छ।’

करदाता कार्यालयले अहिले डिस होमले विदेशबाट आयात गर्ने छाता, एन्टेना, सेटअप बक्स र मासिक प्याकेजमा हुने कारोबारको विषयमा अध्ययन भइरहेको जनाएको छ।

डिस होमले आयात गरेको सामानको विवरण र ग्राहक संख्याको विषयमा पनि कार्यालयले अध्ययन थालेको छ। ‘आयातित उपकरण र ग्राहकको घरमा जोडेको विवरण रुजु गर्ने काम सुरु भइसक्यो,' स्रोतले भन्यो, ‘आयात भएको सामानको अनुपातसँग ग्राहक संख्या र स्टक सामग्रीको विवरण मेल नखाए त्यही अनुसार थप कारबाही अघि बढाउँछौं।’

नियामक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कमजोरीका कारण पनि डिस होमबारे धेरै विवरण आफै खोज्नुपरेको करदाता कार्यालयलको भनाइ छ। ‘नियामक निकायले नै ग्राहक संख्याको विवरण नराख्दा तल्लो तहबाटै अनुसन्धान थाल्नुपर्ने देखियो,’ डिस होमबारे अनुसन्धानको जिम्मेवारी पाएका एक कर्मचारीले भने, ‘गडबडी नै त्यहीँबाट सुरु छ।’ 

डिस होमले अहिले कर तिर्दा आफैले तयार पारेको ग्राहक संख्या र मनमौजी विवरणलाई आधार बनाउँदै आएको छ। 

ग्राहक संख्या कम देखाउँदै कर छली गरेको सूचना बाहिर आएसँगै विभाग र कार्यालयले अनुसन्धान थालेका हुन्।

Ncell 2
Ncell 2

ठूला करदाता कार्यालयले ग्राहक संख्यासहित ग्राहकको घरमा जोडिएको छातालाई अनुसन्धानको विषय बनाएको छ। डिस होमले ग्राहकको घरमा राखिएका छातालाई आफ्नै सम्पत्ति भन्दै आएको छ। 

यसबाहेक छाताको रकम, भ्याट फिर्ता, ग्राहकसँग लिएको मासिक रकम, जडान शुल्क र सेटअप बक्ससँगै जडानमा लिइएको रकमको विषयलाई पनि अनुसन्धानले समेट्नेछ। ‘कर कार्यालयले अब ग्राहक संख्याबाट छली भएको रकमलाई मात्रै अध्ययन गर्दैन,' स्रोतले भन्यो, ‘डिस होमको समग्र प्रणालीको अध्ययन अनुसन्धान हुन्छ।’

प्रतिमहिना कम्तीमा ४ करोड कर छल्छ डिस होम
नेपालको सबैभन्दा पुरानो र बढी बजार हिस्सा ओगटेको डिस होमले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो ४ महिनामा जम्मा ५ करोड ४० लाख रुपैयाँ मात्रै कर तिरेको रहेछ।

यो हिसाबले डिस होमले महिनामा सरदर १ करोड ३५ लाख रुपैयाँ मात्र कर बुझाउँछ।  

फेरि अहम् प्रश्न उठ्छ, डिस होमले बुझाएको यो कर सही हो कि होइन? कर छल्यो भने कसरी छल्यो? 

अब यसको लेखाजोखा यसरी गरौं–
डिस होम, जसले ग्राहक संख्या लुकाउँदै आए पनि कुल बजारको २५ प्रतिशत हिस्सा दाबी गर्दै आइरहेको छ। डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाल लाइभसँग भनेका थिए, ‘हामी ग्राहक संख्या भन्दैनौं तर हाम्रो २५ प्रतिशत बजार छ।’ विस्तृत समाचारका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ। 

डिस होमले आँखाअगाडि कर छल्दा पनि तालुकदार मन्त्रालय बेखबर
कर छली गर्दै आएको कम्पनीले आफैं मनमौजी तयार पारेको विवरणलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयहरुले अनुमोदन गर्दै कर तथा रोयल्टी संकलन गर्दै आएका छन्। कर संकलन गर्ने तथा रोयल्टी उठाउने जिम्मेवारीमा रहेका यी दुवै मन्त्रालयका अधिकारीहरुले ‘कुन आधारमा कर संकलन भएको छ’ भन्ने प्रश्नको गैरजिम्मेवार जवाफ दिँदै आएका छन्।

कम्पनीले तयार पारेको विवरण ‘क्रस चेक’ गर्ने र नियमन गर्ने सूचना तथा सञ्चार मन्त्रालयका कर्मचारीले नै स्विकारेका छन् कि, ‘सेवा प्रदायक कम्पनीले भनेको आधारमा मात्रै कर तथा रोयल्टी संकलन भइरहेको छ।’

‘सेटअप बक्स’ जडानको विवरण राख्नुपर्ने सूचना तथा सञ्चार मन्त्रालयसँग पनि यसको कुनै विवरण छैन।’ विस्तृत समाचारका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ। 

‘कर छल्न ग्राहक संख्या लुकाउँछ डिस होम’
डिस मिडिया नेटवर्कको कार्यालयमा सम्पर्क गर्दा पनि आफूले डिस होम टेलिभिजनको ग्राहक संख्या पत्ता लगाउन नसकेको एक समाज अध्येताले हामीसँग बताएका थिए। 

‘के साँच्चै यस्तो हुन्छ र?’

आजभन्दा झन्डै ९ वर्ष पहिला स्थापना भएर १८ असार २०७४ बाट पब्लिक लिमिटेड कम्पनी बनेको डिस होमले आफ्नो ग्राहक संख्या किन लुकाउनुपरेको होला? 

व्यवसायी चन्द्र ढकालका भाइ हेमराज ढकाल अध्यक्ष रहेको सो पब्लिक कम्पनीका लागि प्रबन्ध निर्देशक सुदीप आचार्यलाई हामीले सोध्यौं, 'तपाईंहरुको एक्ज्याक्ट ग्राहक कति छ?’ विस्तृत समाचारका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ। 

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरप... बुधबार, कात्तिक ५, २०८२
विपिन जोशीको अन्तिम बिदाइ उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए । मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। मंगलबार, कात्तिक ४, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्