लन्डन (एजेन्सी)– सेलिब्रिटीहरुले आफूसँग जोडिएको कहानी बताएर सधै चर्चा बटुल्ने गरेका छन्। यस्तै, एउटा घटना बेलायतमा भएको छ। बेलायती गायिका रिटा ओराले आफूसँग घटेको एउटा घटना उजागर गरेपछि अहिले यसको चर्चा चुलिएको छ।
रिटाले बेलायतको चर्चित बार ‘गोर्डन रामसे’ रेष्टुराँमा आफूलाई प्रवेश गर्न नदिएको खुलासा गरेकी छिन्। उनले आफूले पहिरेको पहिरन राम्रो नभएको भन्दै रेष्टुराँले प्रवेश निषेध गरेको रोचक जानकारी दिएकी हुन्।
‘द जोनाथन रोस सो’ मा आफूसँग भएको घटना उजागर गर्ने क्रममा उनले भनिन्, ‘यो हास्यास्पद घटना थियो। म सामान्य मान्छे झै रामसेको रेष्टुराँमा खाना खान गएको थिए। तर, मलाई प्रवेश निषेध गरियो।’ उनले त्यति बेला ‘मिडी’ मात्र पहिरिएको बताएकी छन्।
उनले टमब्वाय जस्तो पहिरनमा कुनै खराबी नरहेको जिकिर गरिन्। र होटल मालिक रामसेलाई सम्बोधन गर्दै भनिन्, ‘के म तपाईको कुनै रेष्टुराँमा आउन सक्छु? निशुल्क।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।