नयाँ दिल्ली (एजेन्सी)– तिहारको मौका पारेर रिलिज भएको अजय देवगनको हरर कमेडी फिल्म ‘गोलमाल अगेन’ ले पहिलो दिन बक्स अफिसमा राम्रो कमाई गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिन फिल्मले करिब ३० करोड भारु कमाई गरेको छ। पहिलो दिनको कमाई धेरै राम्रो भएको बताइएको छ।
यो वर्षका फिल्ममध्ये पहिलो दिन धेरै कमाई गर्ने सूचीमा दोस्रोमा ‘गोलमाल अगेन’ परेको छ। पहिलो दिन धेरै कमाउने फिल्म ‘बहुबाली २’ बनेको छ।
सो फिल्मले करिब ४१ करोड कमाएको थियो। ‘गोलमाल अगेन’ रोहित शेट्टीले निर्देशन गरेको गोलमालको चौथो श्रृंखला हो।
यो श्रृंखलाले पनि राम्रो कमाई गर्ने बताइएको छ। चौथो श्रृंखलामा परिणीति चोपडा, तब्बु र नील नितिन मुकेशले पनि अभिनय गरेका छन्।
गोलमालको हरेक श्रंखलामा अभिनेता भने बदलिएका छैनन्। अजय देवगन, अरसद वारसी, तुषार कपुर र श्रेयस तलपडेले पहिलो श्रंखलादेखि नै अभिनय गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।