काठमाडौं– नेपाली कथानक चलचित्र ‘दयारानी’ जेठ १० गतेबाट प्रदर्शनमा आउने भएको छ। मंगलबार काठमाडौंको क्युज फिल्म हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरियो। निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै पहिलो पोस्टर पनि एकसाथ सार्वजनिक गरेको छ।
फिल्मको सार्वजनिक पोस्टरमा मुख्य पात्रहरु दयाहाङ राई र दिया पुनलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मलाई सिनेमा आर्टस् ब्यानरमा निर्माण गरिएको हो। फिल्ममा दयाहाङ राई, दिया पुन, विजय बराल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।
फिल्म निर्देशक माओत्सेका अनुसार विशेषगरी गुरुङ समुदायका महिला जो मनका दयालु हुन्छन् उनीहरुको नामनै ‘दयारानी’ राख्ने गरिन्छ। यसैअनुरुप दयालु पात्रका आधारमा नामाकरण गरिएको फिल्म हो ‘दयारानी’।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।