काठमाडौं– फिल्म ‘कागज पत्र’ निर्माण युनिटले चैत ८ का लागि प्रदर्शन मिति पक्का गरेको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै केही पोष्टर पनि सार्वजनिक गरेका छ।
फिल्मका सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी र लोकेन्द्र लेखकलाई फिचर गरिएको छ। इपी एजुकेसन अष्ट्रेलियाको प्रस्तुति तथा वर्ल्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ।
सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको फिल्ममा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन्।
फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।