काठमाडौं- विधानलाई लिएर नेपाली कांग्रेसको महासमिति बैठक पुन: स्थगित भएको छ। सबैलाई विधान प्राप्त नभएको भन्दै सभापति शेरबहादुर देउवाको विरोध भएपछि बिहानदेखि पुन: सुरु बैठक अहिले रोकिएको हो।
'चारचार दिनसम्म विधान हातहातमा नआएसम्म छलफल नबढाऔं भनेर सभापतिलाई भन्यौं तर आउँछ-आउँछ भन्नुभयो आएन,' नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसी भने, 'सभापतिका तर्फबाट म आफै मञ्चमा गएर शान्त हुन आग्रह गर्दै थिएँ, प्रकाशशरण महत आएर माइक खोस्नुभयो। तार पनि चुटिएको छ।'
महतले माइक खोसेपछि होहल्ला भएको थियो।
महासमिति स्थगित भए पनि अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ।
बैठकमा पदाधिकारीको संख्यालाई लिएर संस्थापन पक्ष र इतर पक्ष आआफ्नो अडानमा छन्। पदाधिकारी बढाउन संस्थापन पक्षले चाहिरहेको छैन भने इतर समूहले बढाउन दबाब दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।