काठमाडौं- भक्तपुरको ठिमी नगरपालिका ३ मा गएराति बा ४३ प १३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सुनिल लामा र मोटरसाइकलमा पछाडि सवार कुमार लामा गम्भीर घाइते भएका छन्।
घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको स्थानीय छ। दुवैले मदिरा सेवन गरेकाले सवारी अननियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
यस्तै काठमाडौंको बौद्धमा गएराति पौने २ बजे बा ५६ प ७०७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका ८ का २१ वर्षीय दिपक विक गम्भीर घाइते भएका छन्।
उनको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ। उनले पनि मदिरा सेवन गरी मोटरसाइकल चलाएको प्रहरीको अनुसनधानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।