काठमाडाैं– झन्डै १० वर्ष विदेशमा श्रम गरेका सर्जक जितेन्द्र बानियाँको यथार्थपरक गीत 'सेतो साडी' काठमाडौंमा विमोचन गरिएको छ।
विदेशमा श्रम गर्न बाध्य नेपाली र उनीहरुमा आश्रित परिवारको कथाव्यथा समेटिएको गीतको म्युजिक भिडियो राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, वरिष्ठ संगीतकार राजु सिंह, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली लगायतले सार्वजनिक गरेका हुन्।
विमोचन कार्यक्रममा राष्ट्रिय गानका रचनाकार माइलाले गीतले विदेशिएका धेरै नेपालीको पीडा समेटेको भन्दै स्वदेशमै केही गर्न र धनकै लागि विदेशिन नपरोस् भन्ने मर्मलाई उठाएको बताए।
वरिष्ठ संगीतकार राजु सिंहले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पीडालाई गीत र भिडियोमार्फत उकृष्ट ढंगले पस्किएको भन्दै प्रशंसा गरे। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले नेपालीको परदेशिनुपर्ने बाध्यता र त्यसले ल्याएको नकरात्मक पक्षबारे चर्चा गरे।
कोठे क्रियसनको प्रस्तुतिमा बानियाँको सेतो साडीमा गीतमा गायक सागरसंसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको हो।
राजेश पुमा राईको निर्देशन रहेको यो गीतको म्युजिक भिडियामा वरिष्ठ कलाकार सुरवीर पण्डित तथा नायिका सुनिशा बजगाईं र प्रविण केसीको अभिनय हेर्न सकिन्छ। उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।