काठमाडौं– मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेलले हात पारेकी छन्।
थाइल्यान्डको नोन्थाबुरीमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन्।
मिस युनिभर्सको प्रतिनिधित्व गरेकी नेपालकी मनिता देवकोटाले भने प्रतियोगीतको उत्कृष्ट १० मा चित्त बुझाइन्। देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन्।

युरोप, अमेरिका, एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनोटबाट १५ जना र वाइल्ड कार्डमार्फत ५ गरी उत्कृष्ट २० प्रतिस्पर्धीहरु छनोट गरिएको थियो।
मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन्। यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए।
फस्ट रनरअप क्रमशः दक्षिण अफ्रिकाकी तमारिन ग्रिन तथा र सेकेन्ड रनरअपको ताज भेनेजुयलाकी सुन्दरी स्थेफनीले हात पारे।
यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी शृंखला खतिवडा टप १२ सम्म पुगेर बाहिरिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।