रुकुम (पश्चिम)- रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विक रहेका छन्।
'ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेका उनीहरुको ज्यान गएको पाइयो,' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भने, 'उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुन सक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षणपछि आउनेछ।'
मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकामा बिहान मृत अवस्थामा फेला परेका थिए। उनीहरुसँगै सुतेका अन्य दुई जना भने सकुशल छन्।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक खड्कासहित जिल्ला अस्पतालका चिकित्सकको टोली घटनास्थल पुगेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।