काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेदेखि बैठक सुरु भएको हो।
मंसिर २९ गतेदेखि सुरु भएको तेस्रो बैठक सुरु भएको थियो। सो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए। साथै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
तर, नेता बामदेव गौतमले आफ्नो फरकमत पेस गरेपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो।
आजको बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने छन्।
आजको बैठक सुरु गर्दै अध्यक्ष ओलीले निर्धक्क भई आफ्ना कुरा राख्न स्थायी समिति सदस्यहरुलाई आग्रह गरेका छन्। उनले कुनै स्थायी कमिटी सदस्य बोल्दाबोल्दै आपत्ति भए अध्यक्षसँग समय लिएर आफ्नो धारणा राख्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।