नयाँदिल्ली- भारतको तेलङगाना राज्यमा पटाका पड्काउदा आँखामा चोट लागेका ३० जना अस्पताल भर्ना भएका छन्।
दीपावलीको अवसरमा पटाका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले सी लक्ष्मण रेड्डीले जानकारी दिए। उनीहरू सबैको सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको छ।
भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ। आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।
भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ। यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ।
–––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।