काठमाडौं- गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
समाजको आइतबार भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का र कोषाध्यक्षमा दीर्घपाणि (डिपी) उपाध्याय चयन भएका छन्।
सदस्यमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी, वासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भएका छन्। दुई वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्ष बगाले, महासचिव दाहाल र कोषाध्यक्ष उपाध्याय निर्विरोध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।