काठमाडौं- अर्थ मन्त्रालयमा राजस्व सचिवमा लालशंकर घिमिरेलाई सरुवा गरिएको छ। घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए।
उनको स्थानमा शिशिरकुमार ढुंगानालाई पठाइएको छ। ढुंगाना र घिमिरेको जिम्मेवारी साटफेर गरिएको हो।
ढुंगानामा लामो समयदेखि अर्थमन्त्रालयमा राजस्व सचिवका रुपमा कार्यरत थिए। घिमिरे भने यसअघि सहसचिव हुँदा अर्थ मन्त्रालयकै वैदेशिक समन्वय महाशाखामा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।