काठमाडौं– आइतबार नेपाल स्टक एक्चेन्ज(नेप्से)ले तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ।
मूल्य समायोजन हुनेमा विजया लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल ल्यूब आयल लिमिटेड हो।
विजय लघुवित्तको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन गरेको हो। संस्थाको समायोजनपछिको मूल्ये ६ सय ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ। नेप्सेले ६ सय ९२ रुपैयाँ ९१ पैसा आधारभूत मूल्य दिएको थियो।
त्यस्तै किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो। किसानको ९ सय ६३ रुपैयाँ ७१ पैसामा मूल्य समायोजन भएको हो। यो कम्पनीको आधार मूल्य १२ सय ४१ रुपैयाँ २७ पैसा दिएको थियो।
आइतबार नै नेप्सेले नेपाल ल्यूब आयलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य पनि समायोजन गरेको छ। १ सय ९३ रुपैयाँ ६४ पैसा तोकिएको कम्पनीको आधारभूत मूल्य १ सय ७३ रुपैयाँ ३२ पैसा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।