नेपालगन्ज- अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ।
पश्चिम मूल नहरको केही स्थानमा देखापरेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ। बाँकेको बालापुरदेखि ढकेरीको झिझरी खोलासम्मको करिब ५ किलोमिटर क्षेत्रमा घुलनशील माटो बढी मात्रामा प्रयोग भएको आयोजना निर्देशक कृष्ण नेपाल बताए।
सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८ अर्ब ५० करोड बराबरको बिगोसहित पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ।
आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि तथा निर्माण क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको उनीहरुमाथि आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।