काठमाडौं- कर्तव्य ज्यान मुद्दामा हाल थुनामा रहेका दीपक मनाङेको मुद्दा सर्वोच्चले पुनः सुनुवाइ गर्ने भएको छ।
चक्रे मिलनको हात छिनाएको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने भएको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई दोषी ठहर गरेको थियो।
उनीसँगै गणेश लामासहित अन्य चार जनामाथि उक्त आरोप लागेको थियो।
लामालगायत अन्य प्रतिवादी सर्वोच्च गएर सफाइ समेत पाइसकेका छन्। मनाङेको हकमा पुरावेदन भएको थिएन।
सरकारले पुनरावेदनको आदेश कार्यान्वयन गर्न थुनामा पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।