काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेस १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा शुरू हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । १४ औँ महाधिवेशनमा उनी निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
शिवाकोटीले सहमहामन्त्री पदको आफ्नो दावेदारी स्वभाविक भएको बताएका छन् । राजनीतिलाई चलायमान गर्न व्यक्तिको पनि वृत्ति विकास हुनुपर्ने भएकाले अब सहमहामन्त्री भएर सेवा गर्ने इच्छा भएको उनले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।