दुबई (एजेन्सी)– दक्षिण अफ्रिकाले दोस्रो एकदिवसीयमा बंगलादेश विरुद्ध १ सय ४ रनको जित दर्ता गराएपछि आइसिसी एकदिवसीय सूचीमा पहिलो स्थानमा उक्लिएको छ। यसअघि भारत एकदिवसीयको नम्बर एक टिम थियो।
भारतलाई एक स्थान तल झार्दै अफ्रिका शीर्ष स्थानमा उक्लिएको हो। यद्यपि दुबै टोलीको समान १ सय २० अंक गरेको छ। तर, दशमलवको गणनामा भारत पछाडि परेको हो।
भारतले आइसिसीको शीर्ष स्थान हालै अस्ट्रेलियालाई घरेलु शृंखलामा ४–१ ले पराजित गरेपछि पाएको हो। भारतलाई पुनः शीर्ष स्थानमा फर्किन २२ अक्टुवरदेखि न्युजिल्यान्ड विरुद्ध सुरु हुने एकदिवसीय शृंखला महत्वपूर्ण बनेको छ।
भारतले आउँदो आइतबारदेखि न्युजिल्यान्ड विरुद्ध तीन एकदिवसीय शृंखला खेल्दैछ। यसपछि दुबै टोली टि–२० मा समावेश हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।