काठमाडौ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा आज ३ सयले घटेर प्रतितोला ५९ हजार ५ सयमा पहेँलो धातुको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार प्रतितोला ५९ हजार ८ सयमा सुन कारोबार भएको थियो। आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुन ४ सयले घटेर आज प्रतितोला रु ५९ हजार २ सयमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार प्रतितोला रु ७ सय ३० मा कारोबार भएको चाँदी आज पाँचले बढी रु ७ सय ३५ मा कारोबार भएको छ।
महासंघले आज १० ग्राम सुनको मूल्य ५१ हजार १० कायम गरेको छ। त्यस्तै १० ग्राम चाँदीको मूल्य भने ६३० तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।