• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फर्किए योगी, यसरी बिताए साढे पाँच घन्टा

64x64
नेपाल लाइभ बुधबार, मंसिर २६, २०७५  १८:४०
1140x725

काठमाडौं– निजी विमानबाट जनकपुर विमानस्थल ओर्लिएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी साढे ५ घण्टा बिताएर फर्किएका छन्। बिहानको झन्डै साढे १० बजे विमानस्थलमा ओर्लिएका उनी बेलुका सवा ४ बजे फर्किएका थिए।

जनकपुरमा उनले जानकी मन्दिरमा पूजाआजा, दिवाभोज तथा बाह्रबिघामा भएको रामसीताको स्‍वयंवर समारोहमा समय बिताएका थिए।

विवाह पञ्चमीमा सयौं जन्तीको नेतृत्व गरेर बुधबार जनकपुर आएका योगीलाई विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए। योगीलाई स्वागत गर्नका लागि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी पनि विमानस्थल पुगेका थिए।

विमानस्थलबाट योगी जानकी मन्दिर पुगेका थिए। त्यहाँ उनले आधा घण्टा जति पूजा गरेका थिए।

तस्बिर : नविन पाैडेल


पूजाआजा पछि उनी 'मधेस भवन'मा पुगेका थिए। यो भवनमा प्रदेशका सबै मन्त्रालयहरु रहेका छन्। त्यहाँ उनलाई मुख्यमन्त्री राउतले मिथिला परम्पराअनुसार स्वागत गरेका थिए।

त्यहाँ आयोजित सम्मान समारोहमा मुख्यमन्त्री राउतले योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए। समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका अध्यक्षहरु राजेन्द्र महतो, महन्थ ठाकुर, राष्ट्रियसभा सदस्य कोमल ओली लगायतको सहभागिता थियो।

Ncell 2
Ncell 2

त्यसपछि उनलाई मुख्यमन्त्री कार्यालयमा दिवाभोज गराइएको थियो। त्यहाँ उनलाई ३६ प्रकारका व्यञ्जनको प्रवन्ध गरिएको थियो। १ हजार १ मूर्ते साधुसन्तको भण्डारामा योगी सहभागी भएका थिए।

जिरा राइस, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, गोभी फ्राइ, कचौरीरपालक पुरी, सादा रोटी, खिर, गाजरको हलुवा, सुजी हलुवा, अमिति, बुनिया, पेडा, काला जामून, ३ प्रकार रसभरी, तछुवा (पकौडा), नेपाली अँचार, राइता, पापड, सलाद, दही, राजभोग, बदाम कतली, काजु कतली, मुङ दालके हलुवा, लालमोहन, बदाम रोल, गुलाव जामुन, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी कोबी मटर सब्जी लगायतका परिकारहरु रहेको थियो।

त्यसपछि भने उनी बाह्रबिघामा भएको रामसीताको स्वयंवर समारोहमा सहभागी भएका थिए। उनीसँगै भारतबाट जन्ती आएका साधुसन्त पनि स्वयंवरमा सहभागी भएका थिए। त्यहाँ आयोजित नागरिक अभिनन्दन समारोहलाई उनले सम्बोधन गरेका थिए।

उच्च सुरक्षा
योगीको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। उनको सुरक्षाका लागि भारतबाट करिब दुई दर्जन सुरक्षाकर्मी आएका बताइएका छन्।

योगीले जानकी मन्दिरमा पूजा गरुञ्जेल अन्य सर्वसाधारणलाई भने मन्दिर परिसरमा छिर्न दिइएको थिएन। बिहान ९ बजेदेखि लगाइएको निषेध दिउँसो २ बजेसम्म गरिएको निषेधका कारण धेरै सर्वसाधारणले हैरानी व्यहोर्नुपरेको थियो। नेपाल, भारत तथा तेस्रो देशबाट दर्शनका लागि जनकपुर आइपुगेका धेरैले अन्योलमा ५ घण्टा बिताएका थिए।

अघिल्ला वर्षहरुमा भन्दा विशेष सजावट गरिएको जानकी मन्दिर योगीको पूजाका कारण सुनसान हुन पुगेको थियो। कारण, सधैंका वर्षमा घुँइचो हुने जानकी मन्दिर परिसरमा अन्य सर्वसाधारण भने छिर्न पाएका थिएनन्।

प्रदेश प्रमुखसँग शिष्टाचार भेट
जनकपुर बसाइका क्रममा योगीले प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट पनि गरेका छन्। भेटवार्तामा राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

त्यस्तै, उनले मुख्यमन्त्री राउतसँग पनि छोटो भेटवार्ता गरेका थिए। जानकी मन्दिरबाट मधेस भवन पुगेका योगीले त्यहीँ मुख्यमन्त्री राउतसहितका नेताहरुसँग भेटवार्ता गरेका हुन्।

'राम सीताको जीवन साझा सभ्यताको अंग'
योगीले जनकको भूमिको यात्रा गर्न पाएकोमा आफूलाई धन्य मानेका छन्। जानकी मन्दिरको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्- 'विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा-अर्चना गर्ने र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्ने अवसर मिलेकोमा स्वंयमलाई धन्य ठान्छु।'

उनले राम र सीताको दुई देशको धर्म संस्कृति र सभ्यताको अभिन्न भएको लेखेका छन्।

त्यस्तै उनले सीता बिना राम बिल्कुलै अधुरो रहेको बताएका छन्। योगीले बाह्रबिघा मैदानमा जनकपुरवासीलाई सम्बोधन गरेका थिए।

हिन्दुवादी नेता समेत मानिएका मुख्यमन्त्री योगीले जनकपुरधाममा पहिलो पटक आएको भन्दै जनकपुरधाममा अपनत्वको बोध भएको बताए। नेपाल र भारत भाइभाइ राष्ट्र भएको भन्दै बेटी रोटीको सम्बन्धलाई विवाह पञ्चमी महोत्सवले झन् सुमधुर बनाउन मदत गरेको औंल्याए।

आयोजित नागरिक अभिनन्दन समारोहलाई योगीले आफ्नो सम्बोधन नेपालीमा सुरु गरेका थिए। उनले भने, ‘म आज यहाँ सबै नेपालीम दाजुभाई, दिदीबहिनीहरुको लागि भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट हार्दिक बधाई र शुभकामना बोकेर आएको हुँ। तपाईंहरुको माँझमा म समस्त भारतवासीको दूतको रुपमा उपस्थित भएको छु।‘

योगीले आफू जानकीको पवित्र स्थलमा पुगेर गौरवान्वित महसुुस गरिरहेको बताउँदै उनले दुनियाँको सबै हिन्दूहरुलाई आयोध्याधाम र जनकपुरधामको तिर्थाटन गर्ने अभिलाषा हुने बताए। उनले जानकी दर्शनको अवसर जुटाइदिएकोमा भारतीय प्रधानमन्त्री, नेपाल सरकार, प्रदेश २ सरकार र जानकी मन्दिर परिवारलाई विशेष धन्यवाद ज्ञापन गरे।

उनले विगत केही वर्षदेखि भारत र नेपाल समावेशी विकासको दिशामा स्पष्ट दृष्टिकोणको साथ अघि बढिरहेको बताउँदै भारतको आर्थिक प्रगतिको  वास्तविक लाभ नेपालले प्राप्त गरोस् भन्ने हेतुले कनेक्टिभिटीमा बढोत्तरी आवश्यक रहेको बताए।

योगीले भारत र नेपालको केनेक्टीविटी सम्बन्धी परियोजनाहरुलाई अघि बढाएको बताउँदै यसले गर्दा दुबै देशको व्यापार तथा सर्वसाधारणको सुगम आवागमनप्रति हाम्रो साझा प्रतिबद्धतालाई दर्शाएको बताए। उनले दुवै देशको प्रधानमन्त्रीले कृषि क्षेत्रमा नयाँ सहभागिताबारे घोषणा गरेको बताउँदै विभिन्न परियोजनाहरुको माध्यमले कृषि विज्ञान र प्रविधि, कृषि उत्पादन तथा एग्रो प्रोसेसिङमा आपसी सहयोगमा बढोत्तरी गर्ने बताए।

मुख्यमन्त्री योगीले भारत सरकारको दिशानिर्देशमा आफ्नो राज्य उत्तर प्रदेशले नेपालको संघीय सरकार र प्रदेश २ सरकारसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

उनले दुवै देशको पर्यटन क्षेत्रको सम्भवानालाई मध्यनजर गर्दै यसको सदुपयोग गर्नको लागि रामायण सर्किट र बुद्धिष्ट सर्किटको विकासमाथि सक्रियतापूर्वक कार्य गर्नुपर्ने बताए।

उनले जनकपुर र अयोध्याको दूरी घटाउन भारत सरकारले चार लेनको रामजानकी मार्ग निर्माण काम अगाडि बढाएको जानकारी दिए। जनकपुर र आयोध्याको पौराणिक सम्बन्ध रहेको बताउँदै योगीले भने, ’जानकी बिना रामको शक्ति सम्भव थिएन, आधा शक्ति त सीता थिइन्।’

त्रेता युगमा अयोध्याधाम र जनकपुरधाम मिलेपछि मात्रै राम राज्यको स्थापना भएको भन्दै उनले भने, ‘जानकी बिना रामको कल्पनासमेत हाम्रो संस्कृतिले गर्दैन।’

भारतीय प्रम नरेन्द्र मोदीले जनकपुर भ्रमणको क्रममा  जनकपुरदेखि अयोध्याधामसम्मको लागि बस सेवा प्रारम्भ गरेका थिए। सो सेवालाई उत्तरप्रदेश सरकारले निरन्तरता दिइराख्ने प्रतिबद्धता उनले जनाए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगीको आगमनले दुई देशको सम्बन्ध थप प्रगाढ हुने बताए।

रंगभूमि मैदानमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा योगीलाई जनकपुर उपमहानगरपालिकाले योगीलाई नागरिक अभिनन्दन गरेका थिए। जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले अभिनन्दन गरेका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा
सम्बन्धित सामग्री
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो स्वास्थयका कारणले उप... मंगलबार, असोज २८, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवे... मंगलबार, असोज २८, २०८२
गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ। गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे... मंगलबार, असोज २८, २०८२
ताजा समाचारसबै
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार, असोज २८, २०८२
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्