काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन्।
नेपाल सम्वत् ११३८ को अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोस, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गरिन्।
यो पनि, सुरु भयो नेपाल संवत् ११३८, नेवार बाहुल्य क्षेत्रमा विशेष उल्लास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।