काठमाडौं– पछिल्लो हप्ता बलिउड अभिनेता शाहिद कपूरलाई पेटको क्यान्सर भएको समाचार सञ्चारमाध्यमहरूमा भारल बनेको थियो। तर, यी समाचारलाई शाहिद कपुरले ट्विटमार्फत खण्डन गरेका छन्।
उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘म पूर्ण रुपमा स्वस्थ छु। कृपया यस्ता गलत समाचारको पछि नलाग्नु होस्।’
भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार क्यान्सरका विषयमा शाहिदको परिवारसँग सोधबुझ गर्दा उनको परिवार निकै रिसाएको थियो।
यतिबेला अभिनेता शाहिद भने फिल्म ‘कबीर सिंह’को सुटिङमा व्यस्त छन्।
सन् २०१८मा मात्र बलिउडमा आवद्ध कलाकारहरु सोनाली बेन्द्रे, इरफान खान, आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपलगायतले क्यान्सरको उपचार गरिरहेका छन्।
उल्लेखित कलाकारका पारिवारिक पक्षले पनि सुरुवाती चरणका समाचार सबै गलत भएको दाबी गरेका थिए। अन्ततः ती समाचार यथार्थ भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।