• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका शीर्ष नेता कहाँ-कहाँबाट चुनाव लड्दैछन्?

64x64
किशोर दहाल शुक्रबार, कात्तिक ३, २०७४  ०८:११
1140x725

काठमाडौं- माओवादीसँग वाम गठबन्धन गरेपछि एमाले उत्साहमा छ। स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले तालमेल गरेर एमालेका उम्मेदवारलाई घाटा पुर्‍याएको र चुनावी उत्साहमै धक्का दिएका कारण हच्किएको एमालेलाई पछिल्लो तालमेलले उत्साह ल्याउनु स्वाभाविक पनि हो। पार्टी एकताको लक्ष्य समेत बनाएका यी दुई पार्टीको चुनावी सफलता निकै चासोका साथ हेरिएको छ। 

प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मुख्य पार्टीका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्ने चासो बढेको छ। पछिल्लो समय वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चाले पनि आम सर्वसाधारणमा चासो बढेको हो।

केही जोखिमका बाबजुद प्रायः शीर्ष नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन्। पार्टीका स्थानीय कमिटीहरुले पनि सोही अनुसार सिफारिस गरेका छन्।

नेपाल लाइभले पार्टीका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दै छन् भनेर सूची बनाउने प्रयास गरेको छ। यसमा मुख्यतः ती पार्टीका स्थानीय कमिटीले सिफारिस गरेको क्षेत्र, संविधानसभामा प्रतिस्पर्धा गरेको क्षेत्र, सम्बन्धित दलमा रहेर टिकट वितरण गर्ने जिम्मा पाएका नेताहरुसँगको कुराकानी र नेताका गृह जिल्लालाई आधार बनाएका छौं।

केपी शर्मा ओली
एमाले अध्यक्ष ओली यसपटक झापा ५ बाट सिफारिस भएका छन्। २०७० सालको चुनावमा उनले झापा ७ बाट जितेका थिए। यसअघि ७ वटा निर्वाचन क्षेत्र रहेको झापामा यसपटक ५ वटा मात्रै छन्। उनलाई सिरहा १ बाट चुनाव लड्न पनि दबाव छ। तर गृहजिल्ला भएका कारण र बढी सुरक्षित क्षेत्र भएका कारण उनको प्रतिस्पर्धा झापा ५ बाटै हुने पक्का छ।

माधवकुमार नेपाल
नेपाल रौतहट र काठमाडौं दुवै जिल्लाबाट सिफारिसमा परेका छन्। पहिलो संविधानसभाको चुनावमा दुवै ठाउँबाट हारे पनि दोस्रो चुनावमा उनी दुवै ठाउँबाट विजयी भएका थिए। दुईमध्ये एक स्थान छाड्नुपर्ने अवस्थामा उनले काठमाडौंलाई छाडेका थिए। तर यसपटकको स्थानीय तहको निर्वाचनमा रौतहटका कुनै पनि स्थानीय तहको नेतृत्व जित्न नसकेका कारण नेपालले काठमाडौं २ बाट प्रतिस्पर्धा गर्ने सम्भावना उच्च छ। 

झलनाथ खनाल
खनाल इलाम १ मा सर्वसम्मत सिफारिसमा परेका नेता हुन्। ०७० को चुनावमा सर्लाही १ बाट माओवादी उम्मेदवारसँग पराजित खनाल इलाम १ बाट भने विजयी बनेका थिए।
 
बामदेव गौतम
गौतम प्युठान र बर्दियाका क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका छन्। दोस्रो संविधानसभाको चुनावमा यी दुवै क्षेत्र जिते पनि उपनिर्वाचनका लागि बर्दिया छाडेका थिए। प्युठानमा झन्डै ५ हजारको मतान्तरले जितेका गौतमले बर्दियामा पनि ७ हजारको मतान्तरले जितेका थिए। यसका बाबजुद उनले प्युठानबाट चुनाव लड्ने तयारी गरेका छन्। किनकि, यसपटक दुई स्थानबाट चुनाव लड्ने सुविधा नेताहरुलाई छैन।

Ncell 2
Ncell 2

भीम रावल
अघिल्लो चुनावमा अछाम १ बाट विजयी रावल यसपटक पनि सोही क्षेत्रबाट उठ्ने पक्का जस्तै छ। उनी सो क्षेत्रबाट सर्वसम्मत सिफारिसमा परेका छन्।

ईश्वर पोखरेल
दोस्रो संविधानसभाको चुनावमा काठमाडौं ५ बाट कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग पराजित पोखरेल यसपटक पनि सोही क्षेत्रका लागि सर्वसम्मत सिफारिसमा परेका छन्। उनले सोही क्षेत्रबाट पुनः चुनाव लड्ने तयारी थालेका छन्।

सुवास नेम्वाङ
नेम्वाङ इलाम २ बाट सिफारिसमा परेका छन्। यसअघि पनि नेम्वाङ सोही क्षेत्रबाट प्रतिनिधित्व गर्थे।
 
विष्णु पौडेल
पौडेललाई रुपन्देही २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ। ०७० सालको चुनावमा उनी क्षेत्र नम्बर ४ का उम्मेदवार थिए। उनी विजयी भएको सो क्षेत्रमा माओवादीका उम्मेदवार डा बाबुराम भट्टराई तेस्रो बनेका थिए। साविकमा ७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अहिले ५ वटा मात्रै छन्।

घनश्याम भुसाल
भुसाल रुपन्देही १ र ३ बाट सिफारिसमा परेका छन्। उनी ०७० सालको चुनावमा रुपन्देही ३ मा कांग्रेस नेता बालकृष्ण खाँडसँग पराजित भएका थिए। त्यसैले पनि उनले १ नम्बरबाट चुनाव लड्ने मनस्थिति बनाएका छन्।

प्रदीप ज्ञवाली
ज्ञवाली गुल्मी १ बाट सर्वसम्मत सिफारिसमा परेका छन्। ०७० को चुनावमा उनी गुल्मी २ बाट कांग्रेस उम्मेदवार चन्द्र भण्डारीसँग पराजित भएका थिए। त्यतिबेला ३ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा अहिले २ वटा निर्वाचन क्षेत्र मात्रै छन्।

यो पनि पढ्नुस्:
कांग्रेसका शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?

यी निर्वाचन क्षेत्रबाट चुनाव भिड्दैछन् माओवादीका शीर्ष नेता

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्