• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका शीर्ष नेता कहाँ-कहाँबाट चुनाव लड्दैछन्?

64x64
किशोर दहाल शुक्रबार, कात्तिक ३, २०७४  ०८:११
1140x725

काठमाडौं- माओवादीसँग वाम गठबन्धन गरेपछि एमाले उत्साहमा छ। स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले तालमेल गरेर एमालेका उम्मेदवारलाई घाटा पुर्‍याएको र चुनावी उत्साहमै धक्का दिएका कारण हच्किएको एमालेलाई पछिल्लो तालमेलले उत्साह ल्याउनु स्वाभाविक पनि हो। पार्टी एकताको लक्ष्य समेत बनाएका यी दुई पार्टीको चुनावी सफलता निकै चासोका साथ हेरिएको छ। 

प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मुख्य पार्टीका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्ने चासो बढेको छ। पछिल्लो समय वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चाले पनि आम सर्वसाधारणमा चासो बढेको हो।

केही जोखिमका बाबजुद प्रायः शीर्ष नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन्। पार्टीका स्थानीय कमिटीहरुले पनि सोही अनुसार सिफारिस गरेका छन्।

नेपाल लाइभले पार्टीका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दै छन् भनेर सूची बनाउने प्रयास गरेको छ। यसमा मुख्यतः ती पार्टीका स्थानीय कमिटीले सिफारिस गरेको क्षेत्र, संविधानसभामा प्रतिस्पर्धा गरेको क्षेत्र, सम्बन्धित दलमा रहेर टिकट वितरण गर्ने जिम्मा पाएका नेताहरुसँगको कुराकानी र नेताका गृह जिल्लालाई आधार बनाएका छौं।

केपी शर्मा ओली
एमाले अध्यक्ष ओली यसपटक झापा ५ बाट सिफारिस भएका छन्। २०७० सालको चुनावमा उनले झापा ७ बाट जितेका थिए। यसअघि ७ वटा निर्वाचन क्षेत्र रहेको झापामा यसपटक ५ वटा मात्रै छन्। उनलाई सिरहा १ बाट चुनाव लड्न पनि दबाव छ। तर गृहजिल्ला भएका कारण र बढी सुरक्षित क्षेत्र भएका कारण उनको प्रतिस्पर्धा झापा ५ बाटै हुने पक्का छ।

माधवकुमार नेपाल
नेपाल रौतहट र काठमाडौं दुवै जिल्लाबाट सिफारिसमा परेका छन्। पहिलो संविधानसभाको चुनावमा दुवै ठाउँबाट हारे पनि दोस्रो चुनावमा उनी दुवै ठाउँबाट विजयी भएका थिए। दुईमध्ये एक स्थान छाड्नुपर्ने अवस्थामा उनले काठमाडौंलाई छाडेका थिए। तर यसपटकको स्थानीय तहको निर्वाचनमा रौतहटका कुनै पनि स्थानीय तहको नेतृत्व जित्न नसकेका कारण नेपालले काठमाडौं २ बाट प्रतिस्पर्धा गर्ने सम्भावना उच्च छ। 

झलनाथ खनाल
खनाल इलाम १ मा सर्वसम्मत सिफारिसमा परेका नेता हुन्। ०७० को चुनावमा सर्लाही १ बाट माओवादी उम्मेदवारसँग पराजित खनाल इलाम १ बाट भने विजयी बनेका थिए।
 
बामदेव गौतम
गौतम प्युठान र बर्दियाका क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका छन्। दोस्रो संविधानसभाको चुनावमा यी दुवै क्षेत्र जिते पनि उपनिर्वाचनका लागि बर्दिया छाडेका थिए। प्युठानमा झन्डै ५ हजारको मतान्तरले जितेका गौतमले बर्दियामा पनि ७ हजारको मतान्तरले जितेका थिए। यसका बाबजुद उनले प्युठानबाट चुनाव लड्ने तयारी गरेका छन्। किनकि, यसपटक दुई स्थानबाट चुनाव लड्ने सुविधा नेताहरुलाई छैन।

Ncell 2
Ncell 2
nimb
nimb

भीम रावल
अघिल्लो चुनावमा अछाम १ बाट विजयी रावल यसपटक पनि सोही क्षेत्रबाट उठ्ने पक्का जस्तै छ। उनी सो क्षेत्रबाट सर्वसम्मत सिफारिसमा परेका छन्।

ईश्वर पोखरेल
दोस्रो संविधानसभाको चुनावमा काठमाडौं ५ बाट कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग पराजित पोखरेल यसपटक पनि सोही क्षेत्रका लागि सर्वसम्मत सिफारिसमा परेका छन्। उनले सोही क्षेत्रबाट पुनः चुनाव लड्ने तयारी थालेका छन्।

सुवास नेम्वाङ
नेम्वाङ इलाम २ बाट सिफारिसमा परेका छन्। यसअघि पनि नेम्वाङ सोही क्षेत्रबाट प्रतिनिधित्व गर्थे।
 
विष्णु पौडेल
पौडेललाई रुपन्देही २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ। ०७० सालको चुनावमा उनी क्षेत्र नम्बर ४ का उम्मेदवार थिए। उनी विजयी भएको सो क्षेत्रमा माओवादीका उम्मेदवार डा बाबुराम भट्टराई तेस्रो बनेका थिए। साविकमा ७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अहिले ५ वटा मात्रै छन्।

घनश्याम भुसाल
भुसाल रुपन्देही १ र ३ बाट सिफारिसमा परेका छन्। उनी ०७० सालको चुनावमा रुपन्देही ३ मा कांग्रेस नेता बालकृष्ण खाँडसँग पराजित भएका थिए। त्यसैले पनि उनले १ नम्बरबाट चुनाव लड्ने मनस्थिति बनाएका छन्।

प्रदीप ज्ञवाली
ज्ञवाली गुल्मी १ बाट सर्वसम्मत सिफारिसमा परेका छन्। ०७० को चुनावमा उनी गुल्मी २ बाट कांग्रेस उम्मेदवार चन्द्र भण्डारीसँग पराजित भएका थिए। त्यतिबेला ३ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा अहिले २ वटा निर्वाचन क्षेत्र मात्रै छन्।

यो पनि पढ्नुस्:
कांग्रेसका शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?

यी निर्वाचन क्षेत्रबाट चुनाव भिड्दैछन् माओवादीका शीर्ष नेता

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्