काठमाडौं- गायिका बबिना भट्टराई खतिवडा र सिमान्त सन्तोषको आवाजमा ‘तिम्रो पछि लाग्ने कुनै बहाना खोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ।
गीतकार शान्तिप्रियको शब्द, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
उत्सव दाहालको छायांकन गरेको गीतको भिडियो निशान घिमिरेले सम्पादन गरेका छन्। स्टुडियो छायांकन गरिएको भिडियोमा गायिका बबिना र गायक सीमान्तको फिचरिङ छ।
हाइलाइटस् नेपालले गीतको भिडियो बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।