काठमाडौं– अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’का दुई पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा केसीलाई फुटबलका साथ खेल मैदानमा देख्न सकिन्छ। उनीसँगै सुनिल थापा र प्रशान्त ताम्राकार पनि पोस्टरमा देखिएका छन्।
तर पोस्टरमा नवअभिनेत्री उपासना सिंह ठकुरी भने अटाउन सकेकी छैनन्। फिल्ममा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको पनि अभिनय छ।
भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म फागुन १७ देखि प्रदर्शनमा आउनेछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।