काठमाडौं- अन्तर प्रदेश परिषद्को बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको छ। बैठकको निष्कर्ष सहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल बनाइएको हो।
उक्त कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्य सचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहेका छन्।
एक हप्ताभित्र बैठकको निष्कर्ष सहित उक्त कार्यदलले प्रतिवेदन बुझाउनेछ।
संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तरप्रदेश परिषद्को पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबारबाट सुरु भएको थियो।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए।
नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।