काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिन्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन्।
नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज सम्बोधन गर्दै उनले आलोपालो प्रणालीले केहीलाई मात्र सुधार गरिएकाले चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाए। 'व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो,' उनले भने।
यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइने उनको भनाइ छ। आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानुनी जटिलताले व्यवस्थित बनाउन नसकिएको उनले स्विकारे।
चीनले ‘एक क्षेत्र एक मार्ग’ अभियानमार्फत यातायातको माध्यमबाट चमत्कारी विकास गर्न खाजेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालले पनि चीनबाट सिकेर मुलुकको विकास गर्नसक्नु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।