सुर्खेत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक सुरु भएको छ। शनिबार बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बैठक सुरु भएको हो।
बैठकमा १० जिल्लाबाट सहभागी सबै प्रदेश कमिटी सदस्यको सहभागिता रहेको छ।
बैठकमा सहभागी प्रदेश कमिटीका सदस्यले आजै शपथ खाएका छन्। बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न हुने नेकपा कर्णाली प्रदेशले जनाएको छ।
एक सय ७५ सदस्यीय प्रदेश कमिटीमा कर्णाली प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक विकासका बारेमा छलफल हुने जनाइएको छ। बैठकमा यो प्रदेशका १० वटै जिल्लाका सहभागी प्रदेश सदस्यलाई आवश्यक प्रशिक्षणसमेत दिइने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।